
काठमाडौं । नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि सानदातर जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो ।
नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो । मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए । नेलर ५४, फ्रेन्डस ३७ र डन १९ रनमा आउट भए । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । नन्दन यादव र कुशल भुर्तेलको नाममा समान दुई विकेट रह्यो । करण केसी, सागर ढकाल र बसीर अहमदले पनि एक विकेट लिए ।
त्यसअघि नेपालले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए । भीम सार्कीले १०४ रन बनाए । यी दुवै रिटायर्ड हट भएका थिए । अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह