नेपालको सानदार जित

काठमाडौं । नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि सानदातर जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो ।

नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो । मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए । नेलर ५४, फ्रेन्डस ३७ र डन १९ रनमा आउट भए । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । नन्दन यादव र कुशल भुर्तेलको नाममा समान दुई विकेट रह्यो । करण केसी, सागर ढकाल र बसीर अहमदले पनि एक विकेट लिए ।

त्यसअघि नेपालले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए । भीम सार्कीले १०४ रन बनाए । यी दुवै रिटायर्ड हट भएका थिए । अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार