
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटलले लगातार दोस्रो जिन निकालेको छ । दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
आइतबार सम्पन्न खेलमा हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९.१ ओभरमा ८१ रनको साझेदारी गरेका थिए । जेकले ३८ रन जोडे । अभिषेक पोरेल ३४ रनमा अविजित रहे । केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे ।
हैदराबादका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो । त्यसअघि दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले अनिकित बर्माको अर्धशतक सहयोगमा १८.४ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।
३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले ३२ रन जोडे । ओपनर ट्राभिस हेड २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।
मिचेल स्टार्क एक्लैले ५ विकेट लिए । कुलदिप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।
हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो । १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना