
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ का एउटै परिवारका ६ जनाले एकैपटक मकालु हिमाल आरोहण गरेका छन्। एकै परिवारका ५ दाजुभाइ र बहिनीले विश्वको पाँचौ अग्लो मकालु हिमाल (८,४८५मिटर) आरोहण गरेका हुन्।
मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका ४ छोरा र १ छोरीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले बताए। मुक्टुक लाक्पाले भने, ‘म सहित तीन भाइ र एक बहिनीले एकै परिवारका पाँचजना आरोहणमा विश्व कीर्तिमानी राख्न मकालु आरोहण गरेका हौँ।’
कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा र बहिनी पासाङ शेर्पाले एक साथ आरोहण गरेका हुन्। मकालु हिमालमा एउटै बाउका पाँच छोराछोरीले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको बहिनी पासाङ याङ्जीले दावी गरिन्।
दाजुभाइ दिदीबहिनीको एक साथ कीर्तिमानी राख्ने क्रममा उनीहरू सँगै मुक्टुककी २३ वर्षीया छोरीले पनि मकालु हिमाल सँगै अरोहण गरेकी छन् । बुबा, काका र फुपूसँगै आरोहण गरेकी २३ वर्षीया एनिमा शेर्पा मकालु हिमाल आरोहीमध्ये कान्छी महिला आरोही रहेको दावी गरिन्। एकै परिवारका ६ जानाले एकैसाथ मकालु आरोहण गरेपछि सो परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ संखुवासभा र शेर्पा संघले सम्मान गरेका छन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह