सुनको मूल्यमा उच्च वृद्धि 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च बृद्धि भएको छ । आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुन तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ८०० रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९९० रुपैयाँमा किन बेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार