टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२ औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार