
तम्घास । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए ।
सङ्घीय सरकारको रु १९ लाख र पालिकाको रु १५ लाख गरी कुल रु ३४ लाखमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए । एम्बुलेन्स सञ्चालनका लागि सबै वडामा उप–समिति गठन गरिएका छन् भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ । यसैगरी सबै टोलमा सङ्कलन केन्द्र राखिएका छन् । कृषि शाखा प्रमुख भण्डारीका अनुसार कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्ने क्षमता भएको एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रीसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको छ । एम्बुलेन्सले तरकारी मात्र नभएर मासु र दूध पनि निर्यात गर्न सक्नेछ ।
हाल किसान आफैंले एम्बुलेन्स सञ्चालन गरेका छन्, जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गरेको छ । सबै वडामा संकलन भएका कृषिउपज बुटबलका बजारमा लगिने गरेको छभने सत्यवतीदेखि त्यहाँसम्म प्रतिकेजी तीनदेखि छ रुपैयाँसम्म भाडा तोकिएको छ ।
पालिकाले एम्बुलेन्समा सहजीकरण गरेसँगै किसानहरू लाभान्वित भएका स्थानीय मीना ढकालले बताए । ‘अब तरकारी, दूध बिक्री गर्न सहज भएको छ । किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।’
अर्का कृषक मणिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण सुनिश्चित भएको बताए । उनका अनुसार सत्यवती गाउँपालिकामा ६० वटा समूहमा ९०० किसान आबद्ध छन् । करिब सय जनाले एकल रूपमा पनि तरकारीखेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दूध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटबलसम्म पुग्ने गरेको छ ।
पालिकामा तरकारी, फलफूल, माछा, मासु, दूध र अण्डाबाट वार्षिक करिब १० करोड रुपैयाँ भित्रिएको पालिकाको तथ्याङ्क छ । पशु शाखा प्रमुख नारायण खनालले सत्यवतीले गत वर्षदेखि नै बुटबल हाटबजारको २८ नं सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू