
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । हिजो जयपुरमा भएको खेलमा पन्जाबले दिएको दुई सय ७ रनको लक्ष्य दिल्लीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय पारी खेले । दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । हारसँगै पन्जाबको शीर्ष–२ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।
हारससँगै पन्जाबको १३ खेलमा १७ अङ्क रहेको छ । पन्जाब तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि नै प्लेअफबाट बाहिरिएको दिल्लीको १४ खेलमा १५ अङ्क रहेको छ । दिल्ली तालिकाको पाचौं स्थानमा छ । आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स तथा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै