
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले आयोगले प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने बताएका छन् । आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल गोष्ठीमा उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसबारेमा नजिकबाट काम गर्न खोजेको बताएका हुन् ।
उनले अर्गनाइजेसनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ ओभर ल्या पिङ छ कहाँ सिर्नजी र ट्रेडफ छ ? कार्य विधि बनाई त्यसलाई हटाउन आयोगले समन्वय गर्ने र त्यस सम्बन्धी कार्यलाई अगाडी बढाइ सकेको पनि जानकारी दिए । उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेको लागि रोजगारी सिर्जना गर्दैन त्यसलाई ट्याक्स छुट चाइएको भन्नु हुँदै टयाक्स छुटले सरकारको ऋण मात्र बढाउने काम भएको बताए ।
उनले ठुला लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र ट्याक्स छुट दिन सकिने समेत बताए । उनले आयोगले अबको दिनमा कता र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत दिशा निर्देश गर्ने बताए । पछिल्लो समय बेरोजगारी दर घटेको भएपनि आगामी दिनमा बढ्न नदिने र अझै घटाउँदै लैजाने र सोहौँ योजनाले पनि बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको बताए । एक समयमा छिमेकी देश भारतको बेरोजगारी दर नेपालको भन्दा बढी रहेको भन्दै उनले पछिल्लो समयमा भने भारतको भन्दा नेपालको बेरोजगारी दर बढी रहेको पनि बताए ।
खानी क्षेत्र, होटेल रेस्टुरेन्ट, रियल स्टेट, निर्माण, जलविद्युत क्षेत्रमा जोड दिन सकेमा रोजगार सिर्जना गर्न सकिने भएको हुँदा अबको दिनमा लगानीलाई त्यस क्षेत्रमा प्राथमिकता दिनु पर्नेमा उपाध्यक्ष अधिकारीले जोड दिए । कृषि, निर्माण, लघु तथा घरेलु जस्ता क्षेत्रमा लगानी बढाई व्यक्तिलाई श्रममुखी बनाई रोजगारी विकासको दर वृद्धि गर्न सकिने र यसको लागि निजी र सहकारी क्षेत्रलाई उत्प्रेरित गर्नु पर्ने उनको भनाइ छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै