काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा हैदराबाद ११० रनले विजयी भएको हो ।
प्रतियोगिताको इतिहासमा कोलकाताको यो सबैभन्दा ठूलो हार हो । दिल्लीको अरुण जेटली रंगशालामा भएको यो जितसँगै हैदराबादले आफ्नो सिजन छैटौं स्थानमा रहेर समाप्त ग¥यो। डिफेन्डिङ च्याम्पियन कोलकाता आठौं स्थानमा रह्यो।
आइतबार हैदराबादले टस जितेर ब्याटिङ रोज्यो। हेनरिक क्लासेनको शतक र ट्राभिस हेडको अर्धशतकको आधारमा टोलीले ३ विकेट गुमाउँदै २७८ रन बनायो। सुनिल नायणले २ विकेट लिए। जवाफमा कोलकाता १६८ रनमा अलआउट भयो। हर्ष दुबे, इशान मालिङ्गा र जयदेव उनाडकटले ३/३ विकेट लिए।