आरोही कामिरिता शेर्पाद्वारा ३१औंपटक सगरमाथाको सफल आरोहण

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन्।

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बताएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ। यो ‘सिजन’मा ४६ आरोही समूहका ४ सय ५८ जनाले आरोहण अनुमति लिएका थिए। उनीहरुमध्ये करिब ५ सय जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार