
गलेश्वर । म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ। औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो। पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन्।
जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ। जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए। ‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन्। दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्,’ बूढाले भने, ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छाैँ।’
आलो रातो च्याउ बजारमा रु आठ सयदेखि रु एक हजार दुई सय सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए। धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिनअघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन्। जेठ लागेयता उनले १४ किलो च्याउ सङ्कलन गरेर बिक्री गरी रु १५ हजार बढी आम्दानी गरेकी छन्। बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ।
जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन्।













समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक