
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।
‘कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ’, मन्त्री खड्काले भने, ‘यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको छ ।’
उनले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो । उनले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना