
सागा दावा हिमाली बौद्धमार्गीहरूले मनाउने एक पवित्र पर्व हो । तिब्बती बौद्ध परम्पराअनुसार वैशाख पूर्णिमाको दिन (तिब्बती क्यालेन्डरको चौथो महिनाको १५ औँ दिन) नेपालका हिमाली क्षेत्रमा उत्साहपूर्वक मनाइन्छ । यो पर्व गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (निधन) को स्मरणमा समर्पित छ । यी तीन महत्वपूर्ण घटनाहरू एकै दिन भएको विश्वासका कारण सागा दावालाई ‘त्रिकालिक पवित्र पर्व’ पनि भनिन्छ ।
हिमाली बौद्ध समुदायमा सागा दावाको विशेष धार्मिक र सांस्कृतिक महत्व छ । यो पर्व करुणा, शान्ति र अहिंसाको सन्देश फैलाउने अवसर हो । बौद्धमार्गीहरू यो दिन स्तुप र गुम्बाहरूमा भेला भई प्रार्थना, ध्यान, दीप प्रज्वलन र बुद्धको उपदेशको पाठ गर्छन् । धेरैले मांसाहार त्यागेर शाकाहारी भोजन ग्रहण गर्छन् र दान–पुण्यमा जोड दिन्छन् । कतिपय ठाउँमा बुद्धको जीवन र शिक्षालाई झल्काउने झाँकी र नाटकहरू पनि प्रदर्शन गरिन्छ ।
सागा दावाले व्यक्तिलाई आफ्नो कर्म, विचार र व्यवहारप्रति सचेत बनाउँछ । हिमाली क्षेत्रमा, जहाँ बौद्ध धर्म गहिरो रूपमा जरा गाडिएको छ त्यहाँ यो पर्वले समुदायलाई एकताबद्ध बनाउँछ र सांस्कृतिक पहिचानलाई जीवित राख्छ ।
नेपालका हिमाली जिल्लाहरू जस्तै सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ लगायतमा यो पर्वले पर्यटनलाई पनि प्रोत्साहन गर्छ । बौद्ध गुम्बाहरूमा आयोजित समारोहले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्छ । सागा दावाले बुद्धको शान्ति र करुणाको सन्देशलाई मात्रै फैलाएको छैन, यो पर्वले हिमाली बौद्धमार्गीहरूको आध्यात्मिक र सामाजिक जीवनमा गहिरो प्रभाव पारेको छ । र, सत्य र अहिंसाको मार्गमा अघि बढ्न प्रेरित गर्छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद