
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४४९.२७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ७ अर्ब ९७ करोड माथिको कारोबार भएको बजारमा आज ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८३ कित्ता सेयर ८६ हजार ६३६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह