
काठमाडौं । लाक्पा सोनाम शेर्पाको मुख्य लगानीमा रहेको मुस्ताङ माउन्टेन होमले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा (२०२५ को ६ महिना) मा ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
व्यापार बढेसँगै कम्पनीको आम्दानीमा पनि सुधार देखिएको छ । सन् २०२४ को ६ महिनामा ७ करोड ६० लाख रुपैयाँ व्यपार गरेको थियो भने सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यती एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सन् २०१४ मा उक्त कम्पनी स्थापना गरेका थिए । स्थापना भएको १० वर्ष अर्थात सन् २०२३ मा पब्लिक उक्त कम्पनी कम्पनीको रुपमा परिणत भएको छ ।
मुस्ताङ जिल्लाको मार्फामा रहेको लक्जरियस रिसोर्ट ३५ हजार १ सय ३ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको कम्पनीले जनाएको छ । रिसोर्टमा २९ वटा सुइट रुमको सुविधा छ । विभिन्न सुविधासहित निर्माण भएको रिसोर्टमा १ अर्ब १६ करोड ८० लाख रुपैयाँ लगानी भएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना