
काठमाडौं । इंग्ल्यान्डले तेस्रो टि ट्वान्टी आई खेलमा वेष्ट इण्डिजमाथि ३७ रनको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको छ । यसअघि सुरुवाती दुई खेल इंग्ल्यान्डले २१ रन र ४ विकेटले जितेको थियो ।
तेस्रो खेलमा जित्नलाई २४९ रनको विशाल लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो । वेष्टइण्डिजका रोभम्यान पावेलले ४५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रनको अविजित इनिंङ खेलेपनि जित्नलाई पर्याप्त भएन । कप्तान शाई होप २७ बलमा ३ चौका र ३ छक्कासहित ४५, शिम्रन हेटमायर २६, जेसन होल्डर २५, इभिन लुइस र जोनसन चाल्र्स समान ९ रनमा आउट भए । इंग्ल्यान्डका ल्युक वुडले ३, आदिल राशिदले २, बाइडेन केस,जेकोब बेथल र लियाम डावसनले समान १ विकेट लिए ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४८ रन बनाएको थियो ।
इंग्ल्यान्डका ओपनर बेन डकेटले ४६ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर जेमी स्मिथले २६ बलमा ४ चौका र ५ छक्कासहित ६० रन जोडे । ओपनर स्मिथ र डकेटले पहिलो विकेटलाई ८.५ ओभरमा १ सय २० रन जोड्दै इंग्ल्यान्डलाई सानदार सुरुवात दिलाएका थिए । त्यसपछि जस बटलर २२, ह्यारी ब्रुक ३५ र जेकोब बेथलले ३६ रनको योगदान दिए । वेष्टइण्डिजका अकिल हुसेन, गुडाकेश मोती र शेर्फान रदरफोर्डले समान १ विकेट लिए । तीन खेलमा १ सय ६५ रन बनाएका पूर्वकप्तान जस बटलर प्लेयर अफ द सिरिज चुनिए ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?