काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारले आगामी आवका लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपैयाँ रहेको छ । प्रदेशले ल्याएको यो बजेट चालु आवको तुलनामा आवको बजेटको भन्दा १.१७ प्रतिशत धेरै हो ।