
काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ । देशभरिबाट आएका २५ जना बालप्रतिभाहरूले प्रतियोगितामा भाग लिँदै आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभाको शानदार प्रदर्शन गरे ।
कार्यक्रम अन्तर्गत बृहत् ग्रूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो । प्रतियोगितामा मायरा थापा ‘लिटिल मिस एन्जल नेपाल २०२५’ तथा कृष्ण गुरुङ ‘लिटिल मास्टर नेपाल २०२५’ को शीर्ष उपाधिका विजेता घोषित भए ।
त्यस्तै, पहिलो उपविजेता महिमा आचार्य र निश्चल पौडेल तथा दोस्रो उपविजेता प्रिन्शा अर्याल र सुप्रिम पन्त बने । कार्यक्रममा निर्णायक मण्डलको रूपमा एड्भेन्ट मिडियाका निर्देशक बिबेक श्रेष्ठ, मोटिभेशनल स्पिकर प्रकाश केसी, फेसन डिजाइनर डिना गुरुङ, गायिका एञ्जेला श्रेष्ठ र रजिना रिमाल उपस्थित थिए ।
‘बाध्य सम्राट’ न्हुच्छे बहादुर डंगोल प्रमुख अतिथिको रूपमा सहभागी भएको कार्यक्रममा समाजसेवी सुरबहादुर श्रेष्ठ ले अध्यक्षता गरेका थिए । विशेष विधामा विभिन्न प्रतिभाशाली बालबालिकाहरूलाई सम्मान गरियो। सुबिदा गिरी र हर्षिद ओझा लाई ‘सर्वोत्कृष्ट शैक्षिक’ पुरस्कार प्रदान गरियो भने ‘सर्वोत्कृष्ट तस्वीर’, ‘मल्टिमिडिया’, ‘व्यक्तित्व’, ‘अनुशासन’, ‘नेतृत्व’, ‘बौद्धिक प्रतिभा’ लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका प्रबन्ध निर्देशक वर्षा महर्जन र अध्यक्ष संजय महर्जनले सहभागी, अभिभावक, निर्णायक र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगले कार्यक्रम सफल भएको बताएका छन् । कलश इभेन्ट्सले आयोजना गरेको यो कार्यक्रमले बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील तथा नेतृत्वशील बनाउन प्रेरित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अध्यक्ष संजय महर्जनले जानकारी गराए ।













समाचार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल