
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भए पनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।
नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्ने गरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् ।
गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताए । उनले भने, ‘दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरूसमेत लाग्ने गरेको थियो । अब कम्तीमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।’ यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।













समाचार
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार