
काठमाडौं । सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ । सो कृति उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रुप हो ।
उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक युयुत्सु आरडी शर्माले गरेका हुन् । कृतिमा नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराइएको छ । साउथ कोलमा भएको एउटा घटनापछि सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अस्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथाबिना बाँचेको जीवनका बारेमा उपन्यासमा वर्णन गरिएको छ ।
कृतिको लोकसेवा आयोगका पूर्वसदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी, नाति प्रवरराजा मोक्तान र प्रहरराजा मोक्तान, पासाङमाया शेर्पा, कर्मा शेर्पा र साहित्यकार शर्माले संयुक्त रूपमा विमोचन गरे। सङ्गीतकर्मी गणेश रसिकको १३औं पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङ्बोचे गाउँमा जन्मिएका आङ्छोतरे शेर्पा उपन्यासको नायक भएको जनाउँदै आफूले लुक्ला नटेके पनि यसमा शेर्पाहरूको जीवन, सङ्घर्ष, अनुभव र अनुभूतिसँंगै लुक्ला, सगरमाथा आधार शिविर, साउथ कोल र चुचुराको समेत बयान रहेको बताए ।
साहित्यकार शर्माले ‘आङ शेर्पा…’ ले सगरमाथा र आरोहीको कथालाई साहित्यमार्फत संसारभरि फैलाउने काम गरेको बताए। भोजपुरेकी पत्नी श्रेष्ठले भोजपुरको विकट गाउँबाट आफ्नै बलबुता र मेहनतमा नेपाली गीत, सङ्गीत र गायनका क्षेत्रमा रसिक स्थापित भएको स्पष्ट पारे । भोजपुरको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मिएका हिरण्य श्रेष्ठ नै हिरण्य भोजपुरे नामले चिनिन्छन्।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने