
काठमाडौं । यो साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६५५.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता १ प्रतिशत अर्थात २६.४७ अंक घटेर २६२८.९१ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक घटेको छ ।
नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा १० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ५२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.३५ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १४.६८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ८.९९ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४३ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ। यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८२ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.६४ प्रतिशत बढेको हो।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.६७ प्रतिशत घटेको छ। गत साता २४५४.८४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०.०१ अंक घटेर २३६४.८३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १५०.३० अंक घटेको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह