
काठमाडौं । च्याम्पियन लिगको विजेता टोलि पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ । पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २–० ले पराजित गर्दै तालिकाको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
पिएसजीले खेलको ३५ औं मिनेटमा क्विचा क्वारात्क्षेलियाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा अक्रफ हाकिमीले अग्रता दोब्बर पारे । समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १–० ले पराजित गरेपछि पिएसजी समूह विजेता बनेको हो । एटलेटिकोले ८७ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलमा अग्रता लिएको थियो । बोटाफोगो आफैं भने बराबरी मात्र खेलेको अवस्थामा पनि समूह विजेता बन्ने थियो ।
एटलेटिको भने जितका बाबजुद अर्को चरणमा अघि बढ्न सकेन । अंक तालिकामा पिएसजी, बोटाफोगो र एटलेटिकोको समान ६–६ अंक भएपनि गोलअन्तरका आधारमा पिएसजी विजेता र बोटाफोगो समूह उपविजेता बन्दै अघि बढे । सिआटल भने अंकविहिन रहेर पुछारमा रहँदै बाहिरियो ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ