इङ्ग्ल्याण्डसँग भारत पराजित

काठमाडौं । पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ । इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो ।

जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २–१ मा पुर्याएको छ । भारतले पहिलो र दोस्रो टि ट्वान्टी आईमा जितेको थियो । १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोड्यो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर अभिषेक शर्माले २४ रन बनाए । तिलक बर्मा १८, अक्षर पटेल १५ तथा कप्तान सुर्य कुमार यादव १४ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २, मार्क वुड र आदिल राशिदले समान १ विकेट लिए ।
त्यसअघि राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो । इङ्ग्ल्याण्डका लागि ओपनर बेन डकेटले सर्वाधिक ५१ रन जोडेका थिए । लियम लिभिङ्स्टोनले ४३ रन बनाएका थिए । कप्तान जस बटलर २४ रनमा आउट हुँदा आदिल राशिद र मार्क वुडले नट आउट १० रन जोडेका थिए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि वरुणले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले २, रवि बिश्नोइ र अक्षर पटेलले समान १ विकेट लिएका थिए । चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार