एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिडिरहेका छन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु भएको हो ।

दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
जारी खेलमा नेपालले टोस सुरुवात गरेको छ । नेपालले १७ ओभरमा विना विकोट ८७ रन बनाएर खेलिरहेको छ । ओपनर आशिफ शेख र अर्जुन कुमालले नेपालाई ठोस सुरुवात दिलाएका हुन् ।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ । जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर