
काठमाडौं । क्लब विश्वकपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब बायर्न म्युनिख क्वाटफाइनमा प्रवेश गरेका छन् । गए राति र आज बिहान सकिएका खेलमा जित निकाल्दै युरोपका यी दुई टोलि अन्तिम ८ मा पुगेका हुन् ।
अन्तिम १६ को खेलमा आइतवार लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब मियामीलाई ४–० ले हराउँदै पिएसजी अन्तिम आठमा पुगेको हो । पिएसजीको जितमा जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे । त्यस्तै १ गोल आत्मघाती रह्यो ।
त्यस्तै आज बिहान सकिएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले फ्लामेंगोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा बायर्न ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको हो । बायर्न जितमा हेरि केनले २ र लियोन गोरेट्ज्काले १ गोल गरे । १ गोल आत्मघाती भयो । फ्लामेंगोको लागि गेर्सन र जोर्जिन्होले गोल गरे । अब सेमिफाइन प्रवेशका लागि बायर्न र पिएसजीले जुलाई ५ मा प्रतिस्पर्धा गर्नेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम