
काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बैंक अफ अमेरिका स्टेडियममा आज भएको भएको प्रि–क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २–० ले पराजित गरेको हो ।
फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । हर्कुलसले इन्ज्युरी समयमा गोल गरे । युइएफए च्याम्पियन्स लिग फाइनलको खेलेको इन्टर क्लब विश्वकपमा क्वाटरफाइनल पुग्न सकेन ।
हर्कुलसले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलालबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । यसअघि बायर्न म्युनिख, पिएसजी, चेल्सी र पाल्मेइरास क्वाटरफाइनलमा पुगिसकेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व