
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जसअनुसार कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ ।
त्यसैगरी भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ ।
यता नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।














समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै