ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गतेका लागि साधारणसभा बोलाएको हो ।

उक्त सभा ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्ष, ठमेल, काठमाडौं बिहान ९ बजेबाट सुरु हुने छ । सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२ /०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३ /०८४ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सार्वसधारणका लागि छुट्याइएको शेयर जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

सभाले कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर