
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज ९ दशमलव १४ अंकले बढेर २७०३ दशमलव ९६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ अंकले बढेर ४६४ दशमलव ४६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज भने ९ अर्ब ६४ करो माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९६ हजार ४१११ पटक खरिद बिक्री हुँदा ९ खर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई वटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व