काठमाडौं । पुँजी बजार सम्बद्ध प्रमुख तीन निकाय नियामकका प्रमुखहरु बीच आज छलफल भएको छ । आज धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारीबीच छलफल भेटघाट भएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा सीडीएससी प्रवन्ध सञ्चालक प्रविन पन्दाकबीच छलफल भएको हो । उक्त छलफमा एकअर्का निकायसँग समन्वय गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । तीन वटै निकायबीच समन्वय बढाएर पुँजी बजारको विकास गर्नेबारे छलफल भएको बताइएको छ ।
त्यस्तै नेप्सेको पुनर्संरचनाका विषयमा पनि छलफल भएको बताइएको छ । दोस्रो बजारको नियमनलाई प्रभावकारी बनाउने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउने विषयमा कुराकानी भएको थियो ।