
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छायको छ । अघिल्ला दिनहरुमा घटेर कारोबार भइरहेको बजार आज २३ दशमलव ०९ अंकले बढेर २६५३ दशमलव ०९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४४ अंकले बढेर ४५१ दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको मूल्य बढेको छ भने ३ वटा उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचक उच्च अंकले बढेको दिन सेयर बजारमा साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२४ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ७८ हजार ८४८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम