
काठमाडौं । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्टअघि नै घरेलु टोली वेस्ट इण्डिजविरुद्धको सिरिज जितेको छ । नेशनल क्रिकेट स्टेडियम ग्रिनाडामा सोमवार बिहान सकिएको टेस्टमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १३३ रनले हराएको हो ।
सिरिजमा अस्ट्रेलिया २–० ले अघि रहेको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ५९ रनले जितेको थियो । २७७ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १४३ रनमा समेटियो । वेस्ट इण्डिजका कप्तान रोस्टन चेस सर्वाधिक ३४ रनमा बनाए । शेमार जोसेफ २४, शाई होप १७, ब्रान्डन किंग १४, अल्जारी जोसेफ १३ तथा केसी कार्टी १० रनमा आउट भए । अस्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान ३, जोस हेजलवुडले २ तथा प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।
पहिलो इनिङमा ३३ रनले अघि रहेको अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ४३ रन थप्दै २ सय ७६ रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा अस्ट्रेलियाका क्यामरन ग्रिन र स्टिभ स्मिथले अर्धशतक बनाएका थिए । स्मिथले सर्वाधिक ७१ र ग्रिनले ५२ रन जोडेका थिए । ट्राभिस हेड ३९, एलेक्स क्यारी ३० तथा मिचेल स्टार्क १३ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४ तथा जस्टिन ग्रेभ्स, जयडेन सेल्स र एण्डरसन फिलिपले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ८६ रन बनाएको थियो । पहिलो इनिङमा वेस्ट इण्डिजले २ सय ५३ रन जोडेको थियो । अन्तिम टेस्ट आइतवार सुरु हुनेछ ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार