
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेको छ । साताको दोस्रो सोमबार र तेस्रो मंगलबार कारोबार सेयर बजार घटेको थियो । बुधबार नेप्से सेन्सेटिभ इण्डेक्स ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।
बुधबार सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ । आज यस क्षेत्रको सेयर मूल्य १.६८ प्रतिशत बढेको छ। यसैगरी, लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ, भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।
आज बरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।











समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन