टी–२० विश्वकप छनोट- नेपाल समूह–२ मा, कुवेत र जापानसँग खेल्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा परेको छ । ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह–२ मा परेको हो ।

उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह–१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह–३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन् । तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर–६ मा पुग्नेछ । सुपर–६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।

छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार