
काठमाडौं । म्यानमारको सागाइङ क्षेत्रको लीन ता लु गाउँमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा कम्तीमा २२ जना सर्वसाधारणको ज्यान गएको छ । जसमा तीन बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको हो । गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनाले म्यानमारमा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको खबरमा उल्लेख छ ।
फेसबुक प्रतिक्रिया













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय