म्यानमारमा गुम्बा लक्षित हवाई आक्रमण : २२ जना सर्वसाधारणको ज्यान गयो

काठमाडौं । म्यानमारको सागाइङ क्षेत्रको लीन ता लु गाउँमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा कम्तीमा २२ जना सर्वसाधारणको ज्यान गएको छ । जसमा तीन बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको हो । गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनाले म्यानमारमा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको खबरमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार