
मंगलबार सेयर बजारमा पुनः हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४ अकंले बढेर २७६० बिन्दुमा कायम भएको छ। आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोडको कारोबार भएको छ । आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यसदिन २०९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् । ओम मेगाश्रीका लगानकिर्ताले ५.४३ प्रतिशतका दरले कमाएका हुन् ।
भगवती हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै