सेयर बजारमा हरियाली – ३४ अंकले बढ्यो नेप्से,९ अर्ब ४१ करोडको कारोबार

मंगलबार सेयर बजारमा पुनः हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४ अकंले बढेर २७६० बिन्दुमा कायम भएको छ। आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोडको कारोबार भएको छ । आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यसदिन २०९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् । ओम मेगाश्रीका लगानकिर्ताले ५.४३ प्रतिशतका दरले कमाएका हुन् ।

भगवती हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार