
पर्सा । वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो ।
गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी नपरेर पानीको हाहाकार भएसँगै पर्जन्य (वृष्टि) यज्ञ गरिएको बताए ।
‘यहाँ आकाशेपानी नपरेपछि खानेपानी र सिँचाइको चर्काे समस्या भइरहेको छ’, उनले भने, ‘धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ । गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेका छौँ । धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशेपानी पर्ने विश्वास लिएका छौँ ।’ तराई मधेशमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आइरहेको छ ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै