जो रुट टेस्ट ब्याटिङको पहिलो वरीयतामा

काठमाडौं । इङ्ल्यान्डका ब्याटर जो रुटले फेरि एकपटक आइसिसी टेस्ट ब्याटिङ वरीयतामा शीर्ष स्थान हासिल गरेका छन् । लड्र्समा भारतविरुद्धको तेस्रो टेस्टमा रुटले उत्कृष्ट १०४ र ४० रन बनाएर इङ्ल्यान्डलाई २२ रनको जित दिलाएका थिए। रुट ८८८ रेटिङ अंकका साथ नम्बर १ वरीयतामा फर्किएका छन् ।

रुटले इङ्ग्ल्यान्डका ह्यारी ब्रुक (८६२ अंक) लाई उछिने। रुट आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा उक्लिएका हुन्। ३४ वर्षको उमेरमा उनी कुमार संगाकारा पछि सबैभन्दा पाको नम्बर १ ब्याटर हुन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार