
काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरुको पहिलो रोजाइमा रहने गरेको छ ।
केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधीहरु उपस्थित भएका थिए । पुरस्कार ग्रहण पछि प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भने ‘ यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोट्र्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं । हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पुर्याएको छ । हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेनै छौं ।
नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए ।













समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ