
काठमाडौं । स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २–० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् । स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको थियो । त्यसका बाबजुद एथेनेया डेल कास्टिल्लो र क्लाउडिया पिनाले गोल गरेपछि स्पेनले सन् १९९७ पछि पहिलो पटक युरोको सेमिफाइनल पुग्न सफल भयो ।
नाडिन राइजेनले बक्सभित्र फल गरेपछि नवौं मिनेटमा मरिओना काल्देन्टेले स्पेनलाई अग्रता दिलाउने अवसर पाएकी थिइन् । तर उनले पेनाल्टी किक चुकाइन् । पछि एलेक्सिया पुटेलासले पनि पेनाल्टीमा गोल गर्न सकिनन् । उनको प्रहार सिधै स्विस गोलकिपर लिभिया पेंगको हातमा पुगेको थियो । परिवर्तित डेल कास्टिल्लोले ६६ औं मिनेटमा गोल गर्दै स्पेन अघि बढाइन् । मैदान प्रवेश गरेको चौथो मिनेटमा नै उनले उत्कृष्ट फिनिशसहित गोल गरिन् ।
७१औँ मिनेटमा पिनाले उत्कृष्ट कर्लिङ प्रहारमार्फत टोलीका लागि दोस्रो गोल गरिन् । स्पेनले बुधवार फ्रान्स वा जर्मनीसँग सेमिफाइनल खेल्नेछ। इटाली र इङ्ग्ल्याण्ड यसअघि सेमिफाइनल पुगिसकेका छन्।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व