
काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका आउट अफ फेवर खेलाडी मार्कस रासफोर्ड बार्सिलोना जाने खबर सार्वजनिक भएको छ । २७ वर्षीय रासफोर्डले आफ्नो बाल्यकालको क्लब युनाइटेडका लागि पछिल्लो पटक डिसेम्बर १२ मा खेलेका थिए । त्यसपछि उनी फेब्रुअरीको सुरुआतमा एस्टन भिल्लामा लोनमा गएका थिए ।
स्पेनिस च्याम्पियन बार्सिलोना उनको प्राथमिक गन्तव्य रहँदै आएको बताइएको छ । विशेषगरी युनाइटेडका नयाँ मुख्य प्रशिक्षक रुबेन आमोरिमले उनलाई टिमबाट बाहिर राखेका छन् । ब्रिटेनको प्रेस एसोसिएसनले दिएको जानकारी अनुसार बार्सिलोना र रासफोर्डबीच सिजनभरको लोन डिलको विषयमा वार्ता अगाडि बढिरहेको छ । त्यसमा भविष्यमा स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प पनि राखिएको छ । रासफोर्ड यस्ता पाँच खेलाडीमध्ये एक हुन् जसले युनाइटेडलाई क्लब छाड्ने चाहना व्यक्त गरिसकेका छन् । क्लबको एकेडेमी हुँदै पहिलो टिममा आएका रासफोर्डले युनाइटेडका लागि ४२६ खेलमा १३८ गोल गरेका छन् ।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रासफोर्डले डिसेम्बरमै नयाँ चुनौतीका लागि तयार रहेको बताएका थिए । उनले गत महिनामात्रै बार्सिलोनाका युवा प्रतिभा लामिन यामालसँग खेल्न चाहेको खुलासा गरेका थिए । रासफोर्ड प्रि–सिजनदेखि नै आमोरिमको पहिलो टोलीबाट टाढै छन् । बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर डेकोले मे महिनामा रासफोर्ड मनपर्ने बताएका थिए । मुख्य प्रशिक्षक हान्सी फ्लिकले उनलाई सानदार खेलाडी भनेर तारिफ गरेका थिए ।
अहिले रासफोर्डले युनाइटेडको पहिलो टोलीको जर्सी नम्बरसमेत गुमाइसकेका छन् । ब्राजिलका फरवार्ड माथेउस कुञ्हाले उनको नम्बर १० जर्सी लिएका छन् । उनी हालैका ट्रान्सफरमा लेफ्ट डिफेन्डर डिएगो लिओनसँगै क्लबमा आएका थिए ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान