
म्याग्दी । जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी-तातोपानी, घार, शिख हुँदै घोरेपानी र नागीलगायत क्षेत्रमा गत आर्थिक वर्ष २०८१/८२ मा ३० हजार ८८५ पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।
समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय तथा मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी हुँदै जाने गरिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारीअनुसार घोडेपानीमा आगमन भएका पर्यटक २३ हजार ८६८ जनामध्ये पुरुष १२ हजार ३९६ जना र महिला ११ हजार ४७२ जना छन् । घोडेपानी र पुनहिल आसपासको अवलोकन गरी बाहिरिने छ हजार ९९७ जनामध्ये पुरुष तीन हजार ६२१ जना र महिला तीन हजार ३७६ जना रहेका छन् ।
घोडेपानी र पुनहिलमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा चार हजार २१३ जना रहेकामा सबैभन्दा कम असारमा ४४९ छन् । पर्यटक प्रहरी चौकी घोडेपानीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।
घोडेपानीमा विदेशीसँगै आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका घोडेपानी होटल व्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताए । सडक सञ्जाल बिग्रिएकाले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ, सडकलाई सहज बनाउन सकेमा धेरै पर्यटक ल्याउन सकिन्छ’, उनले भने ।
पोखरेबगरबाट घार-खिवाङ-शिख-चित्रे सडकअन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा सडक अहिले पनि सहज छैन । घोडेपानी जाने पर्यटकले प्रयोग गर्ने पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि यात्रुवाहक बस सञ्चालन हुन नसक्दा अघिल्लो वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा कमी आएको समितिकी अध्यक्ष पुनले जानकारी दिए। म्याग्दीमा घोडेपानीबाहेक अन्य पर्यटकीयस्थलमा गएका विदेशी पर्यटकको स्थानीय प्रहरी, सरकारी निकायले तथ्याङ्क राख्ने गरेका छैनन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम