
काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज न्युजिल्याण्डले उपाधि जितेको छ । हरारेमा शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।
यससँगै सिरिजमा न्युजिल्याण्डले शतप्रतिशत जितको नतिजा निकालेको छ । १८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १७७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर लौहन डर प्रिटोरिय सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि प्रिटोरिसले अर्का ओपनर रिजा हेनड्रिक्ससँग मिलेर ९२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । हेनड्रिक्स ३७ रनमा आउट भए । डेवाल्ड ब्रेभिस ३१, कप्तान राशी भान डर डुसेन १८ तथा रुबेन हरमन ११ रनमा आउट भए ।
अन्तिम ओभरमा दक्षिण अफ्रिकाका लागि जितका लागि मात्र ७ रनको आवश्यकता थियो । तर, न्युजिल्याण्डका तीव्र गतिका बलर म्याट हेनरीले २ विकेट लिदै ३ रन मात्र दिए । ओभरको दोस्रो बलमा ब्रेभिस र पाँचौं बलमा जर्ज लिण्डेलाई आउट गराए । त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि ओपनर डेभन कन्वेले ४७ रनको योगदान दिए । पहिलो विकेटका लागि अर्का ओपनर टिम साईफर्टसँग मिलेर कन्वेले ७५ रनको साझेदारी गरे । साईफर्टले ३० रन जोडे ।
रचिन रविन्द्रले पनि टोलिका लागि ४७ रन जोडे । ड्यारेल मिचेल १६ रनमा अविजित रहँदा मिचेल ब्रेसवेलले १५ रन जोडे । दक्षिण अफ्रिकाका लागि लुंगि एन्गेडीले २ तथा नान्द्रे बर्गर, केवान मफाका र सेनुरन मुथुस्वामीले समान १ विकेट लिए ।
सिरिजमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाका अलावा जिम्बाब्वेको पनि सहभागीता रहेको थियो । लिग चरणका खेलहरु डबल राउन्ड रोबिनका भएको थियो । लिग चरणका सबै खेल जितेर शीर्षमा रहेको न्युजिल्याण्ड र ४ मध्ये २ खेलमा जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा पुगेका थिए । जिम्बाब्वेले भने खेलेका चारै खेलमा हार बेहोरेको थियो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह