
म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।
रु ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिए । उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ । टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताए। ‘३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो’, उनले भने, ‘धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।’
पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे । खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताए ।
नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु ६४ लाख र उपभोक्ताको रु ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए ।













समाचार
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
महासंघका अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक याहियासँग भेटवार्ता
अमेरिकाद्वारा युद्धविराम लम्ब्याउने सम्भावना अस्वीकार, ईरानद्वारा नयाँ आक्रामक रणनीति अपनाउने धम्की
वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति
प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष बीच भेटे
महिनामा २ पटक तलब भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयले जारी गर्यो परिपत्र
धितोपत्र बोर्डमा चार कम्पनीले दिए आईपीओ जारी गर्न निवेदन
महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
सेयर बजार परिसूचक १९ अंकले घट्यो, कारोबार पनि घट्यो