
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ४५४ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम