
गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ । केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए ।
गत वर्षको तुलनामा यस पटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे । समयमा पानी परेकाले यस पटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ ।
रोपाइँको प्रतिशत बढे पनि खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको बताउँदै बञ्जाडेले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको जानकारी दिए ।
यहाँ हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवालगायत स्थानीय तथा साँवा मन्सुली, खुमल–१, खुमल–४, हिमाली हाइब्रिड, रामधानलगायत उन्नत जातका धानखेती हुँदै आएको केन्द्रले जनाएको छ।
धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेका कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए । उनका अनुसार जिल्लामा धान उत्पादनको कूल क्षेत्रफलमध्ये गत वर्ष चैते धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको हो ।
जिल्लामा बडिगाँड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवालगायत फाँटहरू धान उत्पादनका लागि पकेट क्षेका रूपमा रहेका प्रमुख धितालले जानकारी दिए । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान रोपिन्छ । यहाँ धानबाली मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बालीअन्तर्गत पर्छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू