
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्र्तगतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् ।
कार्यविधिले मन्त्रालय तथा अन्र्तगतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ । साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, अन्र्तसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
यस कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरुलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।
कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरु प्रष्ट गरेको छ । रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ । कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरुमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना