नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्छ – केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल निर्माणको मार्गमा क्रियाशील रहेको बताएका छन्। बागमती प्रदेशको पूर्ण खोप घोषणा तथा ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक, समृद्ध र सुशासित राष्ट्र बनाउने उद्देश्यले अघि बढिरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाल चाँडै नै अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने जानकारी पनि दिए। ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’

उनले सरकारको प्राथमिकता जनताको आधारभूत सेवा सुनिश्चित गर्दै देशलाई दीगो विकासको बाटोमा अघि बढाउनु रहेको बताए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार