
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार राताम्य भएर बन्द भएको छ । तीन दिनको ओरालो यात्रा पछि सोमबार केही बढेको बजार आज ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.४५ प्रतिशतले कम हो ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.५१ अंकले घटेर ४८८.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन करिब ११ अर्बको कारोबार भएको बजारमा आज भने कारोबार रकम १० अर्ब भन्दा पनि तल झरेको छ । आज सेयर बजारमा ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर १ लाख ३० हजार ९५३ पटक खरिद बिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै