
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो।
कालोपत्रे सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीय परिकारहरूको स्वाद लिँदै प्राकृतिक आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । चखेवा भञ्ज्याङ समुन्द्री सतहबाट दुई हजार ३५१ मिटर उचाइमा रहेको छ ।
चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रूपमा रहेकाले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको उनको भनाइ छ । “चखेवा हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो”, उनले भने, “यो ठाउँलाई पर्यटनसँग जोडेर संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । हामी चखेवा क्षेत्रलाई पूर्वको एक स्थापित पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।” भोजपुर र खोटाङको सिमानामा रहेको यो स्थानमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । केन्द्र सरकारको करिब रु तीन करोड लागतमा सङ्ग्रहालय निर्माणका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिए । “यो क्षेत्र प्राकृतिक हिसाबले आफैँमा सुन्दर छ”, अध्यक्ष बस्नेतले भने, “हामीले यहाँको संस्कार संस्कृतिको विकासमा पनि जोड दिएका छौँ । पर्यटकहरूको सहज आवागमनमा हामीले ध्यान दिएका छौँ ।”
चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धनका लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भइरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम